लगनखेलमा आर्मीकै गणअघि बम

विविध

ललितपुरको लगनखेलस्थित बुद्ध विकाश स्कुलको मैदान नजिकै वेवारिस फेला परेको एउटा झोलाका कारण स्थिति केही समय तनावग्रस्त बनेको थियो ।

झोलामा बम रहेको आशंका गर्दै स्थानीय आतङ्कित बनेपछि आर्मीको डिस्पोजल टोली तत्कालै पुगेको थियो। झोला डिस्पोज गरेर हेर्दा त्यहाँ नागरिकताको फोटोकपी र ट्रयाकसुट भेटिएको थियो ।

झोला भेटिएको करिब ५० मिटरको दुरीमा आर्मीको राजदल गण रहेको छ।