काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु पर्सा ४ जना, उदयपुरका १ जना, तुलसीपुरका ३ जना र काठमाण्डौका ७ वर्षीय बालक रहेका छन् ।
९ जना संक्रमितहरु ७ वर्षका बालकदेखि ४७ वर्षकी महिला रहेका छन् । यो सँगै कूल संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
कोरोना संक्रमित हुनेमा पर्सा वीरगञ्ज निवासी ७ ,९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला तथा २३, २५, ३४ र ३६ बर्षीय पुरुष रहेका छन् ।

