काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
विश्व वातावरण दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै शुक्रबार उनले हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्न आह्वान गरेका हुन् ।
उनले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु सबैको साझा अधिकार र दायित्व भएको बताएका छन्।

यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, ‘जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको छ। नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढी–पहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन्। विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणाअनुसार हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न आवश्यक छ।’
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, प्रदूषण तथा प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गरेका छन्। नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा, बाढी, पहिरो तथा वातावरणीय असन्तुलनजस्ता समस्याहरू देखिन थालेको भन्दै उनले जलवायु परिवर्तनको असर भविष्यको मात्र नभई वर्तमानको चुनौती बनिसकेको बताएका छन्।
उनले भने, ‘जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको छ । जलवायु परिवर्तन भविष्यको लागि खतरा मात्र नरहेर वर्तमान समयमै यसको प्रभाव देख्न सकिन्छ । नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढी पहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन् ।’
विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उनले प्रकृतिमैत्री जीवनशैली अपनाउन तथा वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेका छन्।
साथै स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, प्राकृतिक सम्पदाको संरक्षण तथा जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकासमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
