रवि लामिछाने पाँच दिने भारत भ्रमणमा, भाजपा नेतृत्वसँग भेटघाट गर्ने

Headlines राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।

रास्वपा प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रमणबारे औपचारिक जानकारी दिएका हुन्। लामिछाने यही जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ। साथै, भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेतृत्वसँग छलफल गर्ने तथा भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि भारत प्रस्थान गरेका छन्। ।