काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्। साथै, समाचार कक्षमा प्रवेश गरी पत्रकारमाथि कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न स्पष्ट निर्देशन दिएका हुन्।
यसअघि प्रहरीले विभिन्न सञ्चारमाध्यममा कार्यरत तीन पत्रकारलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराल रहेका छन्।



