काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ( शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ १३ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ५८ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १ सय ९३ रुपैयाँ ६४ र बिक्रीदर १ सय ९४ रुपैयाँ ४० पैसा, निर्धारण गरिएको छ ।

