२०७७ जेष्ठ ०१ : लकडाउनका वेला गोकर्णेश्वर–८ स्थित गणेश मन्दिरको ढोका फोडेर दान बाकस तथा महादेवको मूर्ती चोरी गरेको आरोपमा दुई जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विक छन् ।महाशाखाका एसपी ईश्वर कार्कीकाअनुसार उनीहरुले मंगलबार राति मन्दिरमा रहेको मूर्तिसँगै दान पेटिकाबाट १० हजार र बाहिर रहेको ३ हजार रुपैयाँ चोरी गरेका थिए । यसबारे महानगरीय प्रहरी वृत्त, बौद्धले विस्तृत अनुसन्धान गरिरहेको छ ।
