२०७७ बैशाख ३१ : काठमाडौँ – राष्ट्रपति भवन शितल निवास अगाडि आगलागी भएको छ । शितल निवास अगाडि रहेको एक घरको सटरमा आगलागी भएको हो ।
प्रहरीका अनुसार दमकलको सहायताद्वारा आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । आगलागीको कारण र क्षतिबारे विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।