नारायणी अस्पतालबाट भागेका २ मध्ये एक संक्रमित सम्पर्कमा

विविध

२०७७ बैशाख ३१ : काठमाडौँ  – नारायणी अस्पतालको आइसोलेसनबाट भागेका कोरोनाभाइरस (कोभिड– १९) का २ संक्रमितमध्ये एक जना सम्पर्कमा आएका छन् ।

भागेका २ मध्ये १ जना सम्पर्कमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।अन्य एकजना भने फरार रहेको र खोजी कार्य जारी रहेको छ । सम्पर्कमा आएका संक्रमित लाई लिन एम्बुलेन्स पठाइएको छ ।