काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको पक्राउविरुद्ध सर्वोच्च अदालतमा प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
पाण्डेकी श्रीमती निरु दाहाल पाण्डेले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन् ।
स्रोतका अनुसार उक्त रिटमाथि बिहीबार सुनुवाइ हुने तयारी गरिएको छ ।

