पूर्वगृहमन्त्रीको सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा बैठक स्थगित

विविध

 २०७७ बैशाख ३१  :  काठमाडौं – नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ ।

बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।पूर्वगृहमन्त्रीको सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा बैठक स्थगित

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले जानकारी दिनु भयो ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।

नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।