अर्थमन्त्रीलाई गभर्नरले बुझाए पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन

आर्थिक

काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइएको छ ।

सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा  ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ । सोही कानुनी प्रावधानअनुसार प्रतिवेदन पेश गरिएको हो ।

प्रतिवेदनमा देशको समग्र आर्थिक अवस्था, वित्तीय सूचक तथा आगामी बजेट निर्माणका लागि आवश्यक सुझावहरू समेटिएको जनाइएको छ ।