काठमाडौँ र भक्तपुरमा पनि कोरोनाभाइरस संक्रमित भेटिए, संक्रमित संख्या २१७

विविध

एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २१७ पुगे

काठमाडौं । नेपालमा एकैदिन ८३ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २१७ पुगेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणका क्रममा मंगलवार साँझ थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँ र भक्तपुर जिल्लामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्ला निवासी ३३ वर्षीय महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

https://www.facebook.com/mohpnep/photos/a.491837247971466/893516294470224/?type=3&theater