काठमाडौँ – सिक्किममा दुई देशका सेनाबीच मुक्का हानाहान भएलगत्तै लद्दाखमा भारत–चीन सीमानजिक चिनियाँ हेलिकोप्टर उडेपछि हवाई गस्ती बढाइएको भारतले बताएको छ ।
‘लाइन अफ एक्चुअल कन्ट्रोल’ नजिक चिनियाँ हेलिकोप्टर आएपछि वायु सेनाका लडाकु जहाजले गस्ती गरेको भारतको सरकारी स्रोतलाई उधृत गर्दै एएनआईले जनाएको छ ।
लद्दाखस्थित ले हवाई अड्डाबाट सो क्षेत्रमा भारतले हवाई गस्ती गर्ने गर्छ । पछिल्लो समय पाकिस्तानी लडाकु विमानले पनि सीमाछेऊमा गतिविधि बढाएको भारतको भनाइ छ ।
उत्तरी सिक्किमस्थित नाकुलामा केही दिनअघि भारतीय र चिनियाँ सैनिकबीच झडप हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए।



