गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि स्वास्थ्य उपचारमा राहत दिने उद्देश्यले दुई प्रतिष्ठित अस्पतालहरूसँग सम्झौता गरेको छ। बैंकले काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) सँग छुट्टाछुट्टै सम्झौता गरी ग्राहकहरूलाई उपचार सेवामा आकर्षक छुटको व्यवस्था गरेको हो।
यस सहकार्यले बैंकका करिब ९ लाख ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा लिँदा आर्थिक भार कम हुने विश्वास लिइएको छ
सम्झौता अनुसार बैंकका ग्राहकहरूले प्राप्त गर्ने छुट सुविधाहरू निम्न बमोजिम रहेका छन्:

१. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर:
-
सिटि स्क्यान, एक्सरे लगायतका विभिन्न स्वास्थ्य सेवाहरूमा १०% सम्म छुट।
२. कान्तिपुर डेन्टल हस्पिटल (केडिसी):
-
अस्पतालको बेड शुल्कमा १५% छुट।
-
अन्य स्वास्थ्य उपचार सेवाहरूमा १०% सम्म छुट।
छुट प्राप्त हुने स्थानहरू
कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) ले प्रदान गर्ने यो सुविधा काठमाडौंभित्र र बाहिरका विभिन्न शाखाहरूबाट लिन सकिनेछ:
-
काठमाडौं: बसुन्धारा, सुन्दरबस्ती र सतुंगल।
-
पोखरा (कास्की): पोखरा शाखा।
-
चितवन: नारायणगढ र भरतपुर शाखा।
-
रुपन्देही: बुटवल शाखा।
छुट कसरी प्राप्त गर्ने?
गरिमा विकास बैंकका ग्राहकहरूले यी सुविधाहरू लिनका लागि भुक्तानी गर्दा बैंकको निम्न माध्यमहरू प्रयोग गर्नुपर्नेछ:
-
मोबाईल बैंकिङ् (QR Code वा डिजिटल भुक्तानी)
-
डेविट कार्ड
-
क्रेडिट कार्ड
नोट: बिल भुक्तानी गर्दा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेमा मात्र यी अस्पतालहरूबाट सहजै छुट प्राप्त गर्न सकिनेछ।
हाल गरिमा विकास बैंकले देशभर आफ्ना १२६ शाखा कार्यालय, ५१ एटिएम र आधुनिक डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। बैंकिङ्ग सुविधाका साथसाथै आफ्ना ग्राहकको सामाजिक र स्वास्थ्य सुरक्षाप्रति पनि बैंक उत्तिकै जिम्मेवार देखिएको छ।
