२०७७ बैशाख २९ : काठमाडौँ – भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा युवाहरुले काठमाडौँमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।
सोमबार दिउँसो काठमाडौँको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला जलाएका हुन् । दार्चुलाको लिपुलेकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि केही दिनदेखि राजधानीमा विरोध प्रदर्शन भइरहेको छ ।

