प्रभु बैंकका ग्राहक र कर्मचारीले ल्यापटप किन्दा छुट सुविधा

बैंक/वित्त

काठमाडौं। नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक बिक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंक लिमिटेड बीच सम्झौता भएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रालिले सेवा सुविधामा विशेष दिनेबारे सम्झौता भएको हो।

सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रालिका तर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंक लिका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन शमशेर जबरा राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा प्रभु बैकंका कर्मचारीलाई १८ प्रतिशतसम्म तथा ग्राहकहरुले अधिकतम ८ प्रतिशत देखि १५ प्रतिशतसम्म एसर ल्यापटप लगायत एप्सन प्रिन्टर हरुमा छुट पाउने भएका छन।

के्रडिटकार्ड प्रयोगकर्ताहरु लाई इन्स्टापेबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन। सो छुट सेवासुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालिमा प्राप्त गर्न सकिनेछ ।