५ दिनभित्र मुद्दा दर्ता नगरे रिहा हुन सक्छन् ओली–लेखक!

Headlines राजनीति

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । साथै, उनीहरूको म्याद थप नगर्न परमादेश समेत जारी गरिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो ।

यसअघि दुवै जनाको हिजो मात्रै तेस्रो पटक ५ दिनका लागि म्याद थप गरिएको थियो । तर सर्वोच्च अदालतको नयाँ आदेशसँगै अब थप म्याद लिन नपाइने भएको छ ।

अदालतले दिएको परमादेशअनुसार अब ५ दिनभित्र मुद्दा दायर गर्नुपर्नेछ । अन्यथा, उनीहरूलाई साधारण तारेख वा धरौटीमा रिहा गर्नुपर्ने अवस्था आउनेछ ।