जेनजी आन्दोलन दमन प्रकरण : पूर्व सीडीओ छवि रिजाल पक्राउ

राजनीति

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजाल जेनजी आन्दोलनका क्रममा काठमाडौंका सीडीओको जिम्मेवारीमा थिए। गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा अत्यधिक दमन गरेको आरोप उनीमाथि लागेको छ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।