नेपाल सरकारको मन्त्रिपरिषद्बाट २०८२ चैत १३ गते स्वीकृत “शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची” का मुख्य बुँदाहरू निम्न रहेका छन्:
१. राजनीतिक तथा सामाजिक प्रतिबद्धता र न्याय
-
जनादेशको कार्यान्वयन: २०८२ फागुन २१ को आम निर्वाचनको जनादेश र राजनीतिक दलका घोषणापत्रहरूलाई संश्लेषण गरी ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गरी कार्यान्वयन गर्ने।
-
संविधान संशोधन: निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनका लागि ७ दिनभित्र कार्यदल गठन गरी बहस पत्र तयार गर्ने।

-
ऐतिहासिक क्षमायाचना: दलित तथा बहिष्कृत समुदायमाथि भएका विभेदको स्वीकारोक्ति गर्दै १५ दिनभित्र औपचारिक क्षमायाचनासहित सुधारका कार्यक्रम घोषणा गर्ने।
-
जेन-जी आन्दोलन सम्बोधन: २०८२ भदौ २३ र २४ को ‘जेन-जी’ आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई १०० दिनभित्र रोजगारी र पुनर्स्थापनाको प्याकेज दिने तथा दोषीमाथि कारबाही गर्ने।
२. प्रशासनिक सुधार र संरचनात्मक परिवर्तन
-
मन्त्रालयको संख्या कटौती: संघीय मन्त्रालयको संख्या घटाएर १७ कायम गर्न ३० दिनभित्र नियमावली संशोधन गर्ने।
-
राजनीतिक हस्तक्षेपको अन्त्य: निजामती कर्मचारी, शिक्षक र प्राध्यापकहरूलाई दलीय आबद्धताबाट मुक्त गर्ने र सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने।
-
नतिजामुखी शासन: ‘Delivery-Based Governance’ लागू गर्ने, जसमा प्रत्येक मन्त्रालयले ७ दिनभित्र १० प्रमुख कार्य र सूचकसहितको कार्ययोजना पेश गर्नुपर्नेछ।
-
स्वचालित कर्मचारी व्यवस्थापन: कर्मचारीको सरुवा, बढुवा र पदस्थापनालाई अनुमानयोग्य बनाउन ३ महिनाभित्र डिजिटल प्रोफाइल (PMIS) तयार गर्ने।
३. डिजिटल शासन र सेवा प्रवाहमा सुधार
-
एकीकृत डिजिटल सेवा: नागरिकता, राहदानी र लाइसेन्स जस्ता सेवाहरूलाई डिजिटल र एकीकृत बनाउने। हुलाक सेवालाई ‘Government Courier Service’ को रूपमा विकास गरी सरकारी कागजात घरमै पुर्याउने व्यवस्था १०० दिनभित्र गर्ने।
-
डेटा सुरक्षा र ‘एक पटक’ बुझाउने प्रणाली: नागरिकले एक पटक विवरण बुझाएपछि अन्य निकायले सोही डेटा प्रयोग गर्ने र ६० दिनभित्र ‘Auto-fill’ को व्यवस्था गर्ने।
-
गुनासो व्यवस्थापन: २४ घण्टे राष्ट्रिय नागरिक सहायता प्रणाली र स्तरोन्नत ‘हेलो सरकार’ मार्फत real-time मा गुनासो समाधान गर्ने।
-
राष्ट्रिय डाटा एक्सचेन्ज: १०० दिनभित्र राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म स्थापनाको कार्य प्रारम्भ गर्ने।
४. आर्थिक, लगानी र पूर्वाधार विकास
-
सम्पत्ति छानबिन: २०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र अधिकारसम्पन्न समिति गठन गर्ने।
-
लगानी प्रवर्द्धन: उद्योग दर्ता २ दिनभित्र गर्ने ‘Startup Fast Track’ र एकद्वार स्वीकृति प्रणाली (One Door Approval System) १ महिनाभित्र सञ्चालन गर्ने।
-
अलपत्र आयोजनाको समाधान: लामो समयदेखि अलपत्र परेका रुग्ण आयोजनाहरूको ३० दिनभित्र पुनरावलोकन गरी ठेक्का तोड्ने वा निरन्तरता दिने निर्णय गर्ने।
-
निजी क्षेत्रको सुरक्षा: ‘Private Sector Protection and Promotion Strategy’ (PSPP) स्वीकृत गरी तत्काल कार्यान्वयन गर्ने।
५. स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवा
-
-
निःशुल्क स्वास्थ्य: सरकारी र निजी अस्पतालका १०% शय्या विपन्नका लागि निःशुल्क गर्ने र ३० दिनभित्र ‘Free Health Portal’ देशभर लागू गर्ने।
-
शिक्षामा सुधार: विद्यालय र विश्वविद्यालयबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउने। कक्षा ५ सम्मको आन्तरिक परीक्षा प्रणाली अन्त्य गरी वैकल्पिक मूल्याङ्कन गर्ने।
-
सुकुम्बासी समस्या: भूमिहीन सुकुम्बासीको ६० दिनभित्र डिजिटल लगत संकलन गर्ने र १००० दिनभित्र समस्याको पूर्ण समाधान गर्ने।
-
महिला सुरक्षा: ७ वटै प्रदेशमा महिलाका लागि निःशुल्क ‘ब्लुबस’ सेवा सुरु गर्ने, जसमा पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गरिनेछ।
-
सहकारी बचत फिर्ता: सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्र सुरु गर्ने
-
