सर्लाही–४ मा गगन थापालाई झट्का: अमरेश सिंहको ह्याट्रिक, थापाको पहिलो हार

राजनीति

सर्लाही । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२ हजार ८३१ मत ल्याए।

यो जितसँगै सिंहले लगातार तेस्रो पटक चुनाव जित्दै ह्याट्रिक पूरा गरेका छन्। यता गगन थापाका लागि भने यो पहिलो हार बनेको छ।

०६४ सालको निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थापाले त्यसपछि काठमाडौं–४ बाट लगातार तीन पटक जित हासिल गरेका थिए। तर यसपटक मधेश झरेर सर्लाही–४ बाट चुनाव लडेका थापा सिंहसँग पराजित भएका हुन्।