ओलीको राजनीतिमा हार, फेसबुकमा तबला: “बालेन बाबु, बधाई!”

राजनीति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

झापा–५ बाट निर्वाचित भएका बालेनलाई ओलीले शनिबार सार्वजनिक रूपमा बधाई तथा शुभकामना दिएका हुन्।

ओलीले बालेनलाई ‘बाबु’ भन्दै सम्बोधन गर्दै उनको पाँच वर्षे कार्यकाल सफल र निर्विघ्न रहोस् भन्ने कामना गरेका छन्।
“बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना,” ओलीले भनेका छन्।

झापा–५ मा भएको प्रतिस्पर्धामा बालेनले ओलीलाई झन्डै ५० हजार मतको फराकिलो अन्तरले पराजित गरेका थिए।