रामेछाप । रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् ।
हालसम्म १३ हजार ७५ मत गणना हुँदा श्रेष्ठले २ हजार ७४० मत प्राप्त गरेका हुन् ।
नेपाली कांग्रेसका रामचन्द्र खड्काले २ हजार ७११ मत प्राप्त गरेका छन् । रास्वपाका कृष्णहरि बुढाथोकीले २ हजार ५१३ मत प्राप्त गरेका छन् भने उज्यालो नेपालका दिपक योन्जनले २ हजार १३१ मत गरेका हुन् ।

एमालेका माधव ढुंगेल १५१२ मत प्राप्त गरेका हुन् ।
