विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी

राजनीति

काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् ।

खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन् भने विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।

पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।