रविको ह्याट्रिक विजय: चितवन–२ मा ३९ हजार मतान्तरको ठूलो जीत

राजनीति

चितवन । रवि लामिछाने तेस्रोपटक चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी मिना खरेल (नेपाली कांग्रेस) ले १४ हजार ५६४ मत पाइन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन्।

यस्तै नेकपा एमाले का अस्मिन घिमिरे ले ६ हजार ९९२ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टी का प्रताप गुरुङ ले ४ हजार ९६९ मत प्राप्त गरे।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल ८७ हजार २८ मत सदर भएका छन् भने २ हजार ७९६ मत बदर भएको छ।

लामिछानेले यसअघि पनि यही क्षेत्रबाट २०७९ को प्रतिनिधिसभा निर्वाचन (नेपाल) तथा २०८० को चितवन–२ उपनिर्वाचन मा विजयी भएका थिए।