कोभिड–१९ उच्च स्तरीय समितिले वैशाख २५ पछि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा मंगलबार मात्रै मस्यौदा तयार गरी सरकारलाई बुझाउने बताएको छ ।
समितिको सोमबार बसेको बैठकमा कुनै निर्णय नभएको सदस्यसचिव नारायणप्रसाद बिडारीले बताए । ‘वैशाख २५ पछि कसरी जाने भन्नेबारे आन्तरिक गृहकार्य र विश्लेषणको सिलसिला जारी छ । आज कुनै निर्णय भएन,’ उनले भने, ‘आज समीक्षात्मक बैठक भयो। अहिले गरिरहेका प्रयासहरु सही दिशामा रहेको निश्कर्ष छ ।’
अझै दुई–तीन दिनमा प्रदेश, स्थानीय तहबाट सुझाव लिएर वैशाख २५ पछि कसरी अघि बढ्ने भनेर टुंगो लगाइने उनले बताए ।सदस्यसचिव बिडारीले मंगलबार बस्ने बैठकले त्यसबारे निर्णय गर्नसक्ने बताए ।

‘उच्चस्तरीय समितिले विज्ञहरुसहित बसेर अध्ययन गरिरहेको छ,’ उनले भने, ‘भोलिपनि उच्चस्तरीय समितिको बैठक छ । त्यसले मस्यौदा जारी गरी सरकारलाई प्रस्ताव गरिने विश्वास छ ।’
