काठमाडौँ। टी–२० विश्वकपमा भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले आफ्नो निर्णय फिर्ता लिएको छ । अब, भारत र पाकिस्तानबीचको खेल पूर्वनिर्धारित समयअनुसार नै फेब्रुअरी १५ मा कोलम्बोमै हुनेछ।
आइसिसीले बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरेपछि पाकिस्तानले त्यसकै विरोधमा भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय गरेको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए ।

