कोरोना संकटको बीच अमेरिकामा बाढी

विविध

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा भीषण हावाहुरीका र वर्षाका कारण ठूलो बाढी आएको छ । जसका कारण ४ बच्चाहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् साथै एक बच्चा बेपत्ता भएको खबर छ । यो घटना बुधवार बेलुका ५ बजे पछिको हो । बच्चाहरु आफ्ना आफन्तसँग घोडामा सवार भएर जाँदै गरेको अवस्थामा सडकमा बगेको बाढीले उनीहरुलाई बगाएको हो ।

WKYT.com का अनुसार, यो घटना बाथ काउन्टीस्थित साल्ट लिक नजिकै एक व्यक्ति ५ बच्चा घोडामा चढेर घरतर्फ गईरहेका थिए ।

केन्टकी राज्यका पुलिसले सडकमा बाढी आएको कारणले घोडा भागेको र भाग्ने क्रममा बच्चा बाढीमा खसेर बगाएको बताएको छ ।

एजेन्सीको सहयोगमा