कोरोनाका कारण १० करोड नयाँ गरिबहरु पैदा हुने आँकलन

विविध

एजेन्सी , १८ वैशाख । कोरोना महामारीका कारण संसारभरिका शहरहरुमा बसोबास गर्ने १० करोडजति मानिसहरु गरिब हुने आँकलन गरिएको छ।

विशेषज्ञहरुका अनुसार, कोरोनाका कारण जागिर गुमाउनेहरुका कारण त्यसरी नयाँ करोड गरिबहरु पैदा हुनेछन्।

कोरोना महामारीका कारण यतिखेर करिब करिब संसारभरिकै आर्थिक गतिविधिहरु ठप्प छन् ।

अर्थविद्हरुले संसारभरि नै आर्थिक महामन्दी आउने चेतावनी दिइसकेका छन् ।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकामा मात्रै वर्षको पहिलो चौमासिकमा त्यहाँको कुल ग्राहस्थ उत्पान ४.८ प्रतिशतमा सीमित भएको छ।

यतिखेर अमेरिकाको अर्थतन्त्र पहिलो विश्वयुद्धलगत्तैको आर्थिक महामन्दीपछि सबैभन्दा संकटग्रस्त अवस्थामा पुगेको छ।