काठमाडौँको कमलपोखरीमा दुईवटा कार एकआपसमा ठोक्किएको छ । तिव्र गतिबाट आइरहेका कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट कमलपोखरी चोकमा रहेको ट्राफिक बुथमा समेत क्षति भएको छ । दुर्घटनामा कोही घाइते नभएको जनाइएको छ । हाल ट्राफिक प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
लकडाउनको बेला तीव्र गतिमा गाडी चलाउँदा दुर्घटनाका घटना भइरहेको ट्राफिकले जनाएको छ ।

