झापा दमकमा बालेनका शुभेच्छुकहरुको भीड

राजनीति

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनेक्रममा शुभेच्छुकहरुको भीड देखिएको छ ।

पहिलो नम्बरमा पालो रहेका बालेनले समर्थक भेषराज भट्टराई र प्रस्तावक भूमिनन्द बरालको साथमा उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता गराउनेक्रममा तामाझाम नगर्ने भनिए पनि दमक क्षेत्रमा वालेनका समर्थहरुको उल्लेख्य भीड लागेको थियो । मनोनयन दर्ता गर्न २५ जना मात्र आउने सोमबार सहमति भएपनि शुभेच्छुकहरु स्वस्फूर्त रुपमा निर्वाचन कार्यालय आएका थिए ।

झापा–५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गर्दैछन् ।