नेपाल बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिच सम्झौता

बैंक/वित्त

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बिच सम्झौता भएको छ ।

बैंकमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन् ।