जनकपुरधाम-सामाजिक दूरीलाई विना कुनै ख्याल गरी महोत्तरीमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्।
पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरण काण्डमा प्रहरी तथा सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता नभएपछि त्यसको विरोधमा पार्टीका कार्यकर्ताहरुले महोत्तरीमा राँके जुलुस प्रदर्शन गरेका छन्।
महोत्तरीको सम्सी गाउँपालिकामा जनता सामाजवादी पार्टीका महोत्तरी कार्यकर्ताहरुले सम्सी बजारमा मशाल जुलुश लिएर प्रदर्शन गरेका छन्।

विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीको रुपमा फैलिदै गएको समय यसको प्रभाव रोक्न देशमा यति बेला लकडाउन रहेको छ तर त्यसलाई विना कुनै ख्याल गरी नेता कार्यकर्ताहरु घर बाहिर निस्केर प्रदर्शनमा लागेका छन्।
