कोरोना भाइरसको महामारीको विषयवस्तुलाई लिएर फिल्म रिलिज भएको छ । फिल्मको नाम रहेको छ कोरोना जोम्बीज ।
फिल्म डिजिटल प्लेटफर्ममा १० अप्रिलमा रिलिज गरिएको हो । कोरोना भाइरसको विषयवस्तुमा आधिरित रहेर बनेको यो फिल्म कोरोना सम्बन्धि विश्वकै पहिलो फिल्म हो ।
यस फिल्मका निर्देशक चार्ल्स ब्यान्ड रहेका छन् । कोरोना भाइरसको महामारीका बीच बनेको यो फिल्म बनाउने समयमा सोसल डिस्टेन्सिङको विशेष ख्याल गरेर बनाइएको छ ।

यो सारा फिल्म कल्पना र फ्यान्टेसीमा आधारित रहेको छ । फिल्ममा कोरोना संक्रमणको बारेमा देखाइएको छ । फिल्ममा केहि रियल सिन्सको प्रयोग गरिएको छ ।
फिल्ममा कोरोना भाइरससँग लड्ने एक टिम तयार पारिएको हुन्छ । जो उनीहरु एकतर्फ कोरोना भाइरस नष्ट गर्नेको कोशिश गर्दछन् भने अर्काे तर्फ उनीहरु जोम्बीजसँग युद्ध गरिरहेका हुन्छन् ।
एजेन्सीको सहयोगमा
