भारतको पूर्वी ओडिशामा स्याउको प्रयोग गरेर बनाइयो विशाल सान्ता क्लज

अन्तराष्ट्रिय

विश्व प्रसिद्ध बालुवा कलाकार सुदर्शन पटनायकले क्रिसमसको पूर्वसन्ध्यामा भारतको पूर्वी ओडिशा राज्यको समुद्र तटमा एक हजार किलोग्रामभन्दा बढी स्याउ प्रयोग गरेर सान्ता क्लज सिर्जना गरेका छन् ।

विशाल बालुवाका मूर्तिहरू सिर्जना गरेर परिचित पटनायकले १.५ टन स्याउ प्रयोग गरेर चम्किलो रातो रंगको सान्ता क्लज बनाए । जुन लगभग ६० फिट लम्बाइ र ४५ फिट चौडाइको थियो । विश्व शान्तिको कामना गर्दै सान्ताको सिर्जन गरिएको हो ।

पटनायक र उनको टोलीले लामो समय लगाएर स्थापना गरेको उक्त सिर्जनालाई आगन्तुकहरुले चमत्कार भनेका छन् । गत वर्ष, पटनायकले चकलेटबाट बालुवाको मूर्ति बनाएका थिए । सान्ता क्लजको विश्वको सबैभन्दा ठूलो क्यान्डी चकलेट र बालुवा स्थापनाको रूपमा भारतको विश्व रेकर्ड बुकमा पनि स्थान बनाएको थियो।(एएनआइ)