प्रभु महालक्ष्मी लाइफको अध्यक्षबाट शिक्षा भट्टचनको आयो राजीनामा: देवी प्रकाश भट्टचनको तनाव बढ्दै

बैंक/वित्त

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले पदबाट राजीनामा दिएकी छिन्। प्रभु बैंक प्रकरणमा नाम जोडिएपछि प्रभु म्यानेजमेन्टका अध्यक्ष देवी प्रकाश भट्टचनकी छोरी शिक्षाले राजीनामा दिएकी हुन्।

उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा बुझाएकी थिइन्। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो।

यसैबीच, प्रभु बैंक प्रकरणमा अनुसन्धानका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित पाँच जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले गत आइतवार नै अनुमति दिएको थियो ।

पाटन उच्च अदालतले शेरचनसहित डिसिओ मणिराम पोखरेल, सिसिओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य र ‘सुगेन’ भन्ने सुजिन शाक्य तथा गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई पुनः पाँच दिनको म्याद थप गरेको हो। साथै, अदालतले अनुसन्धान प्रक्रिया शीघ्र सम्पन्न गर्न विशेष सरकारी वकिल कार्यालयलाई जानकारी गराउन निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।