प्रभु बैंकका सिइओ अशोक शेरचनसहित ५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
पाटन उच्च अदालतले शेरचनसहित बैंकका डिसिओ मणिराम पोखरेल, सिसिओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य र सुगेन भन्ने सुजिन शाक्य, गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई पुनः पाँच दिन म्याद थप गरेको हो।
न्यायाधीश चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको इजलासले अनुसन्धान कार्य शीघ्र सम्पन्न गर्नसमेत आदेश दिएको छ।

साथै इजलासले अनुसन्धान कार्य शीघ्र सम्पन्न गराउन विशेष सरकारी वकिल कार्यालयलाई आदेशको जानकारी गराउन निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।
