प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

समाचार

प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा कार्यकारी निर्देशकका रुपमा काम गरेका मानन्धरले तत्कालिन नेपाल बंलादेश बैंक र लुम्बिनी बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

उनले संयुक्त राष्ट्र संघीय साद्य तथा कृषि संगठनमा परामर्शदाता भई समेत काम गरेका थिए ।