नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरूको हितलाई ध्यानमा राख्दै ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रा. लि. सँग एक महत्वपूर्ण सम्झौता गरेको छ। यस सम्झौताले बैंकका कर्मचारीहरू र खातावाहक ग्राहकहरूलाई क्यूरा हेल्थले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ।
सम्झौता अनुसार, नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता भएका ग्राहकहरूले क्यूरा हेल्थ प्रा. लि. को सेवाहरूमा निम्न अनुसारको सहुलियत प्राप्त गर्नेछन्:
-
प्याथोलोजि ल्याब सेवा: विविध प्याथोलोजि ल्याब सेवाहरूमा बिल रकमको १२ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट।

-
होम डेलिभरी सुविधा: स्याम्पल कलेक्सनका लागि निःशुल्क होम डेलिभरीको सुविधा उपलब्ध।
-
हेल्थ प्याकेजहरू: विभिन्न हेल्थ प्याकेजहरूको शुल्कमा पनि उल्लेखित दर अनुसारको छुट प्राप्त हुनेछ।
यो सम्झौता पत्रमा मिति २०८२ साल मंसिर १९ गते शुक्रबारका दिन हस्ताक्षर भएको हो।
-
नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदीले हस्ताक्षर गरेका थिए ।
-
क्यूरा हेल्थ प्रा. लि. को तर्फबाट प्रबन्धक श्री शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका थिए ।
बैंकले यो पहलबाट आफ्ना कर्मचारीहरू र ग्राहकहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवामा पहुँच पुर्याउन खोजेको छ। यस सम्झौताले नेपाल बैंक लिमिटेडका कर्मचारीहरू र बैंकका खातावाहक ग्राहकहरू दुवैलाई क्यूरा हेल्थ प्रा. लि. को ल्याब सेवाबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
यस सम्झौताले नेपाल बैंक लिमिटेडले आफ्ना सरोकारवालाहरूलाई वित्तीय सेवाका साथसाथै सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य सेवामा समेत सहयोग पुर्याएको देखाउँछ।
