सर्लाही । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।
सत्तापक्षीय सातदलीय गठबन्धनको आजको बैठकले सो निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए। मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।
नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् ।
