सिद्धार्थ बैंकको नयाँ नेतृत्व: रामेश्वर प्रसाद बस्याललाई कामु सीईओको जिम्मेवारी

बैंक/वित्त

काठमाडौं – सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नायव प्रमुख कार्यकारी अधिकृत बस्याल कामु सीईओमा नियुक्त भएका हुन्।

सीईओ सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट सकिने भएसँगै बस्याललाई कामु सीईओको जिम्मेवारी दिइएकाे हाे। कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ।