नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा

समाचार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) नियन्त्रणमा लिएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ। अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि गिरफ्तार गरिएको छ।

अख्तियारका अनुसार नलिन्चोक हेलिप्याड निर्माण प्रक्रियामा आर्थिक अनियमितता र पद दुरुपयोग भएको ठहरपछि अधिकारीसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

हेलिप्याड निर्माणका क्रममा बजेट विनियोजन, खर्च विवरण र ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भेटिएको आयोगको दाबी छ।