मेयर बालेन साहलाई पितृशोक

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।

आइतबार बिहान स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार जारी रहेको अवस्थामा उनको अवस्था झन् जटिल बन्दै गएको अस्पताल स्रोतले जनाएको छ। पिसाबमा लागेको संक्रमण शरीरभरि फैलिँदै जाँदा जटिलता बढेको बताइएको छ।

सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएकी थिइन्।