उच्चस्तरीय समितिले गरेन लकडाउबारे निर्णय

विविध

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्च्स्तरीय समन्वय समितिले लकडाउनबारे कुनै निर्णय गरेन । समितिले जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने जनाएको हो ।पछिल्लो पटक १२ दिन थपेको लकडाउन बैशाख १५ गते सकिदैछ ।यस अघि सरकारले छिमेकि मुलकको जोखिमको अवस्था हेरेर निर्णय गर्ने जनाएको थियो ।

यस्तै समितिको बैठकले अन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान मे १५ तारिख सम्म बन्द गर्ने निणर्य गरेको छ । यस अघि अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो ।