एसियाकै दुइ धनाढ्य बीचको अन्तर : एक सम्पत्ति थप्दै, अर्को आफ्नो सम्पत्ति कल्याणकारी काममा लगाउदै
अलिबाबाका संस्थापक ज्याकमालाई पछि पार्दै मुकेश अम्बानी फेरि एसियाकै सबभन्दा धनी भएका छन्।
रिलाइन्स जियो प्लेटफर्मको १० प्रतिशत स्वामित्व ५ अर्ब ७० करोड डलरमा फेसबुकले किनेपछि सम्पत्ति बढेर अम्बानी एसियाका सबभन्दा धनी भएका हुन्।

ब्लुमवर्गका अनुसार अम्बानीको सम्पत्ति ४ अर्ब ७० करोड डलर बढेर ४९ अर्ब २० करोड डलर पुगेको छ। योसँगै अम्बानी ज्याकमा भन्दा ३ अर्ब २० करोड डलरले धनी भएका छन्।
फेसबुकसँग डिल गर्दै अम्बानी सम्पत्ति थप्न लागिरहेका बेला ज्याकमाकले कोभिड १९ को कल्याणकारी काममा १ अर्ब डलर खर्चिएका छन्।
ज्याकमाले अहिलेसम्म १ अर्ब डलर कोभिड रिलिफ अभियानमा खर्च गरेको ब्लुमवर्गले उल्लेख गरेको छ।
