काठमाडौं । उदयपुर जिल्लाको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमणको रहस्य खोतल्न विश्व स्वास्थ्य संगठन WHO सहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार भुल्के पुगेको उक्त टोलीले हप्ता दिनमा रिपोर्ट पेस गर्ने हिसाबले काम शुरु गरेको छ । टोलीमा एक जना विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित चार जना जनस्वास्थ्य विज्ञ रहेको स्वास्थ्य मन्त्रालयले बताएका छन् ।
उनीहरूले हप्ता दिनमा संक्रमण कसरी फैलियो, संक्रमणको फैलावट कहाँसम्म पुग्ने भनेर रिपोर्ट पेस गर्ने बताइएको छ ।
उक्त टोलीले अहिले संक्रमण फैलिएको स्थान उलयपुरको भुल्केमै पुगेर अनुसन्धान थालेको हो । गत शुक्रवार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पुष्टि भएको थियो।

बाँकी चार जनामा पछि संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई उच्च जोखिमको रुपमा लिइएको छ ।
