सुथ सिया जात्रा (विस्केट जात्राको विशेष जात्रा)

विविध

मध्यपुर थिमिको विस्केट जात्राको विशेष र भव्य जात्रा वैशाख २ गते बिहान ७ बजेतिर शुरु हुन्छ । यसलाइ सुथ सिया जात्रा (बिहानीको जात्रा) भनिन्छ । बालकुमारी मटिदर क्षेत्रमा यो दिन थिमिमा जात्रा हुने सम्पूर्ण खटहरुलाई भेला गराइन्छ । बालकुमारी र कालिका (वालाख) को खट बिहानै बालकुमारीको मन्दिरबाट बाहिर निकालिन्छ भने अघिल्लो दिन जात्रा गरिएको विष्णुवीरको गण र दक्षिणबाराहीको गण पनि बालकुमारी मन्दिर परिसरमा ने सजाएर राखेको हुन्छ । यो बिहानीको जात्रा तब मात्र शुरु हुन्छ जब सिद्धिकाली (पहिला नगदेशको सिद्धिगणेश आएपछि जात्रा शुरु हुन्थ्यो तर वि.स.२०५३ सालदेखि सिदिगणेश थिमिमा नल्याएदेखि सो स्थान सिद्धिकालीलाई दिईएको हो) आफनो गणसहित बालकुमारी प्रवेश गर्दछ। बालकुमारी मन्दिर परिसरमा सम्पूर्ण देवगणहरू भेला भईसकेपछि पेप्पा : मुस्या (विशेष प्रकारको चारवटा बत्ति बालिने ठुलो चिराग) बालिन्छ र नाइके प्रधानको अनुमति अनुसार बालकुमारीको खट उचालेर जात्रालाई विस्तारै दिगुटोलमा अवस्थित दिगु : ध्य को परिक्रमा गराइन्छ । तर विष्णुवीर र दक्षिणबाराही लगायत गणका सदस्यहरु लायकुको मूल धोका अगाडी बिसाइन्छ , जसले गदी बालकुमारी लायकु छिर्न पाउदैन र पुन : बालकुमारी आउने गर्दछ । बालकुमारीमा ल्याएको बेला बिष्णुवीर र दक्षिणबाराहीलाई दिगु ध्य : घुमाएर पुन : लायेकु अगाडी नै बिसाइन्छ । यस्तै क्रम २,३ पटक चलेपछि बालकुमारीलाई लायकुमा प्रवेश गराएर जात्रा विसर्जन गरिन्छ भने अरु देवीदेवताका खटहरु पनि आ-आफ्नो ठाउँमा लगेर विसर्जन गरी जात्रालाई पनि विसर्जन गर्दछन । सिदिकालीलाई भने आफनो गणसहित दिगु ध्य: घुमएर पहिलो चक्रमा नै आफनो क्षेत्रम जात्राको लागि लगिन्छ । यदि वैशाख १ गते शनिबार पर्यो भने दक्षिणबाराही गण र विष्णुवीर गणलाई थिमिको दक्षिण दिशामा पने दक्षिणबाराही मन्दिर परिक्रमाको लागि लग्ने गरिन्छ।