काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न गरिएको परिस्थितिबारे उच्चस्तरीय छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। बैठक बिहीबार दिउँसो २:३० बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा जारी छ ।।
बैठकमा मुलुकको समग्र सुरक्षा स्थिति, सीमावर्ती क्षेत्रका चुनौती, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सुरक्षा व्यवस्थापन र आन्तरिक सुरक्षामा देखिएका नयाँ जोखिमबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
यसअघि हिजो साँझ गृह मन्त्रालयमा पनि सुरक्षा परिषद्को बैठक बसेको थियो। त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले आज बिहान सिंहदरबारमै मातहतका सबै सुरक्षा निकायका प्रमुखहरूसँग थप समन्वय बैठक गरेका छन्।

