महेश बस्नेतविरुद्ध जेनजीको प्रदर्शन चर्किँदा सिमरा विमानस्थल वरपर कर्फ्यु

राजनीति

काठमाडौंबाट सिमरा उडानका लागि तयारी अवस्थामा रहेको बुद्ध एयरको विमान बुधबार अवरुद्ध भएको छ। सिमरा विमानस्थल वरपर भएको विरोध प्रदर्शन र सुरक्षाजन्य जोखिमका कारण उडान स्थगित गरिएको हो।

विमान उड्न लागेका बेला रोकिएपछि यात्रुहरूलाई फेरि विमानबाट झारिएको थियो। उक्त उडानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेताहरू सवार रहेका थिए।

स्थिति नियन्त्रणका लागि विमानस्थल वरपर प्रशासनले कर्फ्यु आदेश समेत जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।