गण्डकी प्रदेश भित्रिने सवारी साधनलाई सेनीटाइज गरिने

विविध

वैशाख १२ गते । गण्डकी प्रदेशको मुख्यद्वार तनहुँको आवुँखैरेनी गाउँपालिकाको मुग्लिङबाट गण्डकी प्रदेशका जिल्लाहरुमा प्रवेश गर्ने सम्पुर्ण सवारी साधानहरु निसंक्रमण गरेर मात्र प्रवेश गर्ने व्यवस्था मिलाईएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि उच्च सतर्कता अपनाउने क्रममा सवारी साधन र त्यसमा सवार यात्रुलाई स्यानेटाइज गरेर मात्र प्रवेश गर्न दिईने भएको छ ।

कोरोना फैलन नदिन थप सतर्कता अपनाउदै जिल्ला प्रवेश सबै सवारी साधनमा निसंक्रमण रसायन छर्किने व्यवस्था मिलाइएको छ ।